त्रियुगा साना सहरी खानेपानीको निर्वाचन पक्का, उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न

बोक्से । उदयपुरको त्रियुगा साना सहरी खानेपानी सरसफाई तथा उपभोक्ता समिति चयनको लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ । त्रियुगा नगरपालिका १० बोक्सेमा रहेको संस्थाको लागि दर्ता प्रक्रिया आईतबार सम्पन्न भएको हो ।

जसमा अध्यक्ष पदका लागि शंकर कुमार बस्नेत र ओम बहादुर खड्काको उम्मेदवारी परेको छ । त्यसैगरि उपाध्यक्ष पदका लागि शुपराज राई र निगम कुमार कोइरालाको उम्मेदवारी परेको छ । यसैगरि सचिब पदका लागि सन्तोष खड्का र नरेन्द्र कुमार बस्नेतको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदका लागि रेवती रमण गेलाल र नबिन राईको उम्मेदवारी परेको छ । यसै क्रममा समिति सदस्य पदका लागि निर बहादुर राई, भबिन्द्र खत्री, रीता अछामी र आशा राईको उम्मेदवारी परेको छ ।

समितिकै सदस्य पदकै लागि कृष्ण कुमारी राई, जित बहादुर बराल, नर्मदा खत्री र डिल्ली नारायण श्रेष्ठको उम्मेदवारी परेको छ । समितिमा कम्तीमा दुई जना महिला सहित नौ जना भएको एक कार्यकारी समिति गठन हुने बिधानमा उल्लेख छ । निर्वाचन फागुण २१ गते हुने छ ।

मनोनयन पत्रः

भिडियोः

Facebook Comments