उदयपुरमा धमाधम सडक बत्ति काटिदै

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले बिद्युत बक्यौता महशूल नबुझाएको भन्दै बिद्युत कार्यालयले सडक बत्तिहरु काट्न सुरु गरेको छ । बत्ति शुक्रबारदेखि नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले काट्न सुरु गरेको हो ।

अहिले गाईघाट बजार आसपासका सडक बत्तिहरु काट्न सुरु गरिएको सायक प्रशासकीय अधिकृत पुष्कर पौडेलले बताए । उनका अनुसार केन्द्रीय निर्देशन अनुसार नगरपालिकालाई पटकपटक सूचना गर्दापनि महशूल नबुझाएपछि बत्ति काट्न गर्न थालिएको हो ।

बक्यौता गत असार मसान्तसम्मको एक करोड सतासी लाख सन्तानब्बे हजर सोह् रुपैया चालिस पैसा बाँकी रहेको छ । नगरपालिकामा १६ वटा वडाहरु रहेको छ । जसमा एक सय ३९ वटा सडक बत्तिको लागि मिटर जडान गरिएको छ ।

Facebook Comments