उदयपुरमा एक्स्पो मेला सञ्चालन हुदै

त्रियुगा । उदयपुरमा एक्स्पो मेला सञ्चालन हुने भएको छ । जिल्ला उद्योग वाणिज्य संघ गाईघाटको आयोजनामा सो मेला सञ्चालन हुन लागेको हो ।

एक्स्पो आउदो माघ २६ गतेदेखि फागुन ६ गतेसम्म हुने आयोजकले जनाएको छ । उद्योग व्यावसायिहरुको एकता र पेशागत शिक्षा प्रदान गरि क्षमता बिकासमा टेवा पुर्‍याउने उदेश्य एक्स्पो आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार एक्स्पोमा दुई सयभन्दा बढी स्टल निर्माण हुने छ । एक्स्पोमा स्वदेशी तथा बिदेशी उत्पादनको बिक्रीवितरण, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति,  विभिन्न समुदायको खाना परिकार, कला प्रदर्शनी, रमाइलो मेला, राफ्टिङ, प्यागलाईडिङ्ग लगायत बिभिन्न प्रदर्शनी हुने छ । “कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र व्यापार: उदयपुरको पहिचान र समृद्धिको आधार भन्ने नाराका साथ कार्यक्रम त्रियुगा नदि किनारमा हुने छ ।

Facebook Comments