अधिकारकर्मीको नाममा महाअभियोग प्रस्तावको विरोध

उदयपुर, २० बैशाख ।  प्रधानन्यायाधिश शुशिला कार्कीमाथिको महाअभियोग प्रस्ताव बिरुद्ध उदयपुरमा बिरोध जनाईएको छ । मानवअधिकारको नाममा बुधवार एक बिज्ञप्ती जारिगर्दै सो प्रस्ताबको बिरोध जनाईएको हो । जिल्लाको १४ मानवअधिकारबादी संघसंस्थाको नाममा संयुक्त एक विज्ञप्ती जारिगर्दै अभियोग फिर्ता लिन सरकारलाई आग्रह गरिएको छ ।

विज्ञप्तीमा राज्यको महत्वपूर्ण अंगकोरुपमा रहेको स्वतन्त्र न्यायमुर्ती कार्कीमाथि लगाइएको निराधार पूर्ण आरोप निन्दनिय भएको भन्दै शक्ति पृथकिकरणको सिद्धान्त विपरीत स्वतन्त्र न्यायपालिका माथि जथाभावि हस्तक्षेप नगर्न भनिएको छ ।
स्वयंम सरकारको जिम्वेवारी लिने टार्पीहरुको मिलेमत्तोमा नेपाल प्रहरी भित्र आतंक सृजना गर्ने र शक्तिपृथकीकरणको सिद्धान्तको धज्जि उडाउँदै कानुनी राज्यलाई उपहास गर्दै लोकतन्त्रलाई कमजोर पार्ने दुरासयपूर्ण कार्य निन्दनीय छ विज्ञप्तीमा भनिएको छ ।

संबिधान र कानुन विपरित गैर कानुनी निर्णयबाट गरिएको प्रहरी महानिरीक्षक नियुक्ती वदर र विभिन्न भ्रष्टाचारको मुद्दामा भ्रष्टाचारीहरुलाई दोषी ठहर गरी गरेको फैसलाको प्रतिसोध लिन वतर्मान सत्ता गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेको ति संस्थाहरुले ठहर गरेकाछन् ।
विरोध जनाउनेहरुमा मानव अधिकार संजाल, महिला मानव अधिकार रक्षक संजाल, एकल महिला संजाल, वकालत मञ्च, मानव अधिकार तथा वातावरण केन्द्र, ओरेक, मानव अधिकार एलायन्स, सामुदायिक विकास तथा परिवर्तन केन्द्र नेपाल, महिला अधिकार मञ्च, मिसन नोट अफ डिसेन्ट, पेसोक नेपाल, नेस्पेक, पानस र गैरसरकारी संस्था महासंघ रहेकाछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *