भेटिएको ८६ हजार पैसा उदयपुरमा फिर्ता

उदयपुर, १९ बैसाख ।  जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत हवल्दार हरेराम यादवले एक सर्बसाधारणले हराएको ८६ हजार रुपैंया पैसा फेला पारी मंगलबार सम्बन्धीत ब्यक्तिलाई फिर्ता दिएका छन् । हवल्दार यादवले सदरमुकाम गाईघाट बजारको नयाँबसपार्क नजिकै फेला परेको पैसा सुरक्षित र इमान्दारपूर्वक जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।police_harako-paisa-firta_hawaldar-hareram-yadab तस्बिर ः भोटराज राई
उक्त रकम जिल्ला प्रहरी प्रमूख एसपी नरबहादुर केसीले सम्बन्धीत ब्यक्ति त्रियुगा नगरपालिका–३ का म्यामबहादुर विकलाई हस्तान्तरण गरेका थिए । भेटिएको पैसाको बारेमा प्रहरीले तत्काल आप्mनो मातहत र सार्बजनिकरुपमा सूचना गरेको थियो । सूचनापछि सम्बन्धीत ब्यक्ति पत्ता लगाई रकम फिर्ता दिईएको एसपी केसीले बताए । तीनदिन अघि पैसा बुझेका वि.क.की श्रीमती सर्मिलाले पकेटबाट रकम खसाएकी थिईन् । हराएको पैसा माया मारिसकेको अवस्थामा फेला परेकोमा खुसी ब्यक्त गर्दै वि.क.ले इमान्दार प्रहरी हवल्दार यादवलाई धन्यवादसहित १० हजार पुरस्कार तत्काल प्रदान गर्नुभयो । जनधनको सुरक्षामा खट्ने प्रहरीको यस्तो ब्यवहार विश्वास र भरोसा जगाएको उनले बताए । एसपी केसीले भेटिएको पैसा हवल्दार यादवले इमान्दारपूर्वक कार्यालयमा बुझाएका कारण सम्बन्धीत ब्यक्तिलाई फिर्ता गर्न पाउदा कार्यालय र सिंगो प्रहरी संगठनको प्रतिष्ठा उठाउने काम भएको बताए ।। यस इमान्दार कार्यले सबैलाई असल कामका लागि प्रेरित गर्ने उनले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *