




त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर–१४ साउनेमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ वडाअध्यक्ष हेमराज मगरले गरेका छन् । शुभारम्भको क्रममा वडाअध्यक्ष मगरले प्रतियोगिताले पर्यटन विकासमा ठूलो टेवा पु¥याउने बताए ।
खेलकुदले राष्ट्र र स्वास्थ्यका लागि मात्रै नभई पर्यटनमा समेत ठूलो टेवा पु¥याउने उनको भनाई छ । उनले यस्ता प्रतियोगिता भईरहन जरुरी समेत रहेको बताए । जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान अन्तरगत वाईसिएल नेपालले त्रियुगा नगरपालिका वडा नम्बर १४ वडा कमिटीको आयोजनामा सो प्रतियोगिता गरिएको हो ।
प्रतियोगिता अगामी कात्तिक ३ गतेसम्म जारी रहनेछ वाईसिएल वडाकमिटी अध्यक्ष भिम मगरले बताए । वडाकमिटी अध्यक्ष मगरका अनुसार प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्नेले क्रमशः १५ हजर र १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तृतीय स्थान हासिल गर्नेले टिम दर्ताको क्रममा लागेको नगद फिर्तासहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा छिमेकी जिल्ला खोटाङ लगायत अन्य जिल्लाका केहि टिमहरुले पनि सहभागिता जनाएका छन ।