त्रियुगा । उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका ७ नागबेली बस्ने ३१ बर्षे सन्तोष भन्ने पिटर राईको कुटाईबाट मंगलबार राति श्रीमतिको मृत्यु भएको हो ।
पिटरको कुटाईबाट २९ बर्षिया श्रीमति छबिमाया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) रमेश थापाले बताए । एसपी थापाका अनुसार भान्सा कोठामा सुतिरहेको श्रीमति छबिमायालाई प्रेसर कुकर प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।
गम्भिर घाईते बनेकी छबिमायाको अस्पताल लाने क्रममा बाटामै मृत्यु भएको थियो । उनिहरु पाहुनाको रुपमा त्रियुगा नगरपालिका ५ श्रीपुर आएका थिए । पाहुनाकै रुपमा रहेको समय सामान्य विवाद हुदा श्रीमानले प्रेसर कुकर प्रहार गरेका थिए ।
अहिले छबिमायाको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छभने आरोपित राईलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनिहरु दशै मनाउन भन्दै दिदीको घर श्रीपुर आएका थिए ।