उदयपुरमा साझा सेवा घर सञ्चालन

उदयपुर । उदयपुरमा साझा सेवा घर (सास) मंगलबारदेखि सञ्चालनमा आएको छ । सामाजिक आर्थिक दृष्टिकोणले संकटमा परेका महिला, बालवालिका, जेष्ठ नागरिक, शारिरीक असक्त व्यक्तिहरुको उद्धार संरक्षण र आवयक हेरचाहर पालन पोषण गर्ने उद्देश्यले सास संस्था संञ्चालनमा आएको हो ।

संस्थाकी अध्यक्ष गिता खड्काले साहाराविन बेसाहारालाई संस्थाले निशुल्क रुपमा मानवीय सेवा गर्ने बताईन् । खड्काले सो कार्य निकै चुनौतिपूर्ण रहेकोले संस्था एक्लै काफि नरहेको समेत बताई ।

संस्थाको उद्देश्य पुरा गर्न सबै क्षेत्रहरुले साथ सहयोग रहनुपर्ने बताईन् । स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीयवासी, महिला अभियान्ता, स्वास्थ्यकर्मी सबैको सहयोग आवश्यक रहने उनको भनाई छ ।

हाल दुई ओटा कोठामा १२ ओटा बेड रुमको व्यवस्था गरिएको छ । हाल ३ जनालाई सेवा दिईरहेको संस्थाकी अध्यक्ष खड्का बताईन् । सबैको साथ सहयोग पाएमा भोली ठुलो संख्यामा समस्यामा परेको व्यक्तिहरुलाई संरक्षण गर्न सकिने पनि खड्काको भनाई छ ।

कार्यालयको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले गरेका छन् । साझा सेवा घरको कार्यालय त्रियुगा नगरपालिका ११ पुरानो गाईघाटमा रहेको छ ।

Facebook Comments