उदयपुरमा माओवादी नेता तथा कार्यकर्तालाई प्रशिक्षण, दुई दर्जनभन्दा बढी पार्टी प्रबेश

गाईघाट । नेकपा (माओवादी केन्द्र)ले उदयपुरमा आफ्नो अगुवा नेता तथा कार्यकर्ताहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छन । जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान अन्तरर्गत शनिबार सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

‘घरघरमा माओवादी–जनजनमा माओवादी’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा नेकपा एमाले र कांग्रेसबाट दुई दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु पार्टी प्रबेश गरेका छन् । पार्टी प्रबेशीहरुलाई पार्टी केन्द्र, प्रदेश, जिल्ला र नगरका नेताहरुले खादा, माला र अबिर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेब’, पार्टी अनुशासन आयोगका अध्यक्ष टंक राईले प्रशिक्षण दिएका थिए । त्यसैगरि पार्टी केन्द्रय सदस्य गोपी अछामी ‘पुष्प’, धनमाया बिश्वकर्मा ‘उर्मिला’, मुक्साहाङ मेन्याङ्गवो ‘मुकेश’ लगायत अतिथिहरुले समेत प्रशिक्षण दिएका दिए ।

कार्यक्रममा नेता तथा कार्यकर्ताहरु बाकुलो उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र त्रियुगा नगरकमिटीको आयोजनामा सम्पन्न भएको हो ।

Facebook Comments