प्रधानमन्त्री दाहाल र ओलीबीच आधाघन्टा कुराकानी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी अाेलीलाई भेट्न सिंहदरबार पुगेका छन् । पार्टी हेडक्वार्टर बैठकमा छाेटाे ब्रिफिङलगत्तै प्रचण्ड ओलीसँग वार्ताको लागि सिंहदरबार पुगेका हुन् ।  प्रचण्ड ओलीसँगको  भेटवार्ताको लागि हिँडेसँगै बैठक तीन बजेसम्मको लागि स्थगित भएको छ। ऊर्जामन्त्री जनार्दन शर्माका अनुसार  पार्टी बैठकमा महाभियोगबारे ब्रिफिङ गरेर प्रचण्ड ओलीसँग भेटवार्ताका लागि सिंहदरबार पुगेका हुन् । भेट सभामुखको कार्यकक्षमा  अहिले जारी रहेको बताइएको छ । एमालेले महाभियोग प्रस्तावको विरोध गरेको अवस्थामा ओली–प्रचण्डबीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । आइतबार एमाले र कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै राजनीति तरंगित बनेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *