प्रहरी प्रशासन विरुद्ध नारावाजी, ठाउँठाउँमा टायर बाल्दै बजार र यातायात ठप्प

गाईघाट । मलबाहक ट्रकको लापरबाहीका कारण तारणी मगरको मृत्यु भएको भन्दै स्थानीयले सदरमुकाम गाईघाट बजार बन्द गराँएका छन् । बजार क्षेत्रमा तिब्रगतिमा सवारी चलाउदा अनाहकमा ज्यान गएको तथा मृतकको लास जनप्रतिनिधि र आफन्तजनलाई जानकारी नदिइ प्रहरी प्रशासनले उठाएको भन्दै बजार बन्द गराएका छन् ।

स्वतःस्फुर्त रुपमा निस्केको बजारबासीले साना ठूला यातायात चल्न रोक लगाएका कारण पौने ११ः०० बजेदेखि बजार पसल सबै ठप्प भएका छन् । आन्दोलनकारीले घट्नास्थल, मुख्य चोक, पिजी चोकलगायत ठाउँठाउँमा टायर बालेर यातायात अवरोध गराएका छन् ।

आन्दोलनकारीहरुले ठक्करले घाईते भएका मगरलाई उपचार गर्न लानु पर्नेमा थप किचेर मारेको आरोप लगाएका छन् । लोकमार्गमा तिब्रगतिमा रहेको ट्रकले शाखा सडकबाट आएको मोटरसाईकललाई ठक्कर दिदा उछिटिएर घाईते भएका मगरको तत्काल उपचार गर्न लान पाए बचाउन सकिने संभावना भएकोमा उल्टै किचेर निर्ममतापूर्वक हत्या गरेको आरोप स्थानीयको छ ।

जिल्ला बाहिर रहेका त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले प्रहरी प्रशासनले दुर्घट्नाबारे मृतकका आफन्त र स्थानीय जनप्रतिनिधि कसैलाई जानकारी नदिइ घट्नास्थलबाट लास उठाएकाले यातायात व्यवसायी र मृतकका आफन्तजनले बजार बन्द गराएको जानकारी आएको बताए । घट्ना र बन्दबारे आफन्त, जनप्रतिनिधि र प्रहरी प्रशासनसँग छलफल गराएर निकास निकाल्न संघले पहल गर्ने पनि अध्यक्ष रसाईलीले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले तिब्रगतिमा आएको ट्रक र मोटरसाईकल एकापसमा ठोक्किदा मगरको ज्यान गएको बताए । लोकमार्गमा गाडीहरु तिब्रगतिमै चल्ने र शाखा सडकबाट आएका मगरले ठम्याउन नसक्दा अप्रिय दुर्घटना हुन गएको भन्दै उनले जानीजानी ठक्कर दिएको भन्ने आरोप गलत भएको बताए ।

दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको लास पोष्टमार्टम गरेपछि मात्र आफन्तलाई बुझाउने कानुन अनुसार अस्पताल लगिएको उनको भनाई छ । घट्नाको वास्थविक्ता पत्ता लगाउन क्लोज सर्किट क्यामेरा (सिसिटिभि)का फुटेज आफन्तलाई देखाउने काम भईरहेको पनि एसपी फुयालले बताए ।

भिडियोः

Facebook Comments