उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उदयपुर । मालबाहक ट्रकको ठक्करबाट उदयपुरको गाईघाटमा मोटरसाईकल चालकको मृत्यु भएको छ । उनको त्रियुगा नगरपालिका ११ हिमाली टोलबाट आउँदै गरेको मोटरसाईकललाई मदन भण्डारी लोकमार्गमा ट्रकले ठक्कर दिदा घट्नास्थलमै मृत्यु भएको हो ।

काठमाडौंदेखि झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नं. को ट्रकको ठक्करबाट प्र. १–०५–००१ प ६१५९ नं. को मोटरसाईकल चालक त्रियुगा नगरपालिका १४ साउने बस्ने बर्ष ४३ को तारणी मगरको मृत्यु भएको हो । उदयपुर प्रहरीका अनुसार आईतबार विहान ट्रकले ठक्कर दिदा उछिटिएर सडकमा लड्न पुगेको थियो ।

दुर्घट्नामा संलग्न ट्रक र चालक झापा कन्काई नगरपालिका ६ बस्ने २२ को भुपेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता इन्सपेक्टर मोहन थापाले बताए ।

भिडियोः

Facebook Comments