उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले मन्त्रालयबाट खटिआएका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटलाई हाजिर गर्न नदिने भएको छ । उनलाई मन्त्रालयले कुनै पनि आवश्यक समन्वय नगरी पठाएको भन्दै हाजिर नगराउने मेयर बसन्त कुमार बस्नेतले जनाएका छन् ।
मेयर बस्नेतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई शुक्रबार एक पत्र लेख्दै सो कुरा जनाएका हुन् । चलानी नम्बर २०१४ भएको पत्रमा संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त बिपरित मन्त्रालयले काम गरेको पत्रमा उल्लेख छ ।
पत्रमा आर्थिक बर्षको अन्तमा आएर प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा नगरपालिकाको बिकास निर्माण लगायत समग्र कार्य सम्पादनमा प्रत्यक्ष असर पर्ने उल्लेख छ । सोही कारण हाल सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत राजलवटलाई हाजिर गराउन नसकिएको व्यहोरा उल्लेख छ । मन्त्रालयलाई लेखिएको पत्रमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत राजलवटलाई समेत बोधार्थ गरिएको छ ।
यता, त्रियुगा नगरपालिका वडा नम्वर १० बोक्सेका वडाअध्यक्ष किरण पाण्डेले मेयर बस्नेत र उपमेयर महेश्वरी राईले वडाअध्यक्षहरुले जस्तै आफू अनुकूलताको प्रमुख प्रशासकीय अधिकृत राख्न पाउनु पर्ने अडान खाख्दै आएको बताए । वडाअध्यक्ष पाण्डेका अनुसार सुरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतको रुपमा राजलवट हाजिर हुन कार्यालय आएपछि बसेको बैठकमा समेत मेयर बस्नेत र उपमेयर राईले अडान राखेका थिए ।
त्यसैगरी त्रियुगा नगरपालिका वडा नम्वर १६ जाल्पाचिलाउनेका वडाअध्यक्ष मानबहादुर राईले मेयर बस्नेत र उपमेयर राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिराटनगर सरुवा भएका अधिकृत मानबहादुर बन नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनु पर्ने पटक पटक अडान राखेको बताए । वडाअध्यक्ष राईका अनुसार दरबन्दी अनुसार उपसचिब हाजिर हुन आउदा कानुन विपरित शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा राख्न खोज्नु मेयर बस्नेत र उपमेयर राईको प्रष्ट रुपमा दुषित मनसाय देखिन्छ ।
भिडियोः