सडक अवरुद्ध पारेको भन्दै जिल्ला प्रशासन, प्रहरी र नगरपालिका विरुद्ध उदयपुरमा मुद्दा दायर

गजेन्द्र राई
उदयपुर, १६ बैसाख ।  उदयपुरको सार्बजनिक सडक अवरुद्ध पारी सर्बसाधारणलाई आवागमनमा बाँधा अवरोध पु¥याउने कार्य बढेको भन्दै जिल्ला अदालतमा निषेधाज्ञा मुद्दा दायर भएको छ । जिल्लाको त्रियुगा नगरपालिका गाईघाट क्षेत्रमा विभिन्न कार्यक्रमको नाममा बजार क्षेत्र र अन्य विभिन्न मूख्य तथा सहायक सडकहरुमा मनपोलीरुपले टेन्ट खडा गर्ने, स्टेज बनाउने र निर्माण सामग्री, विक्री सामग्री तथा सवारीसाधनहरुसमेत राखेर सडक अवरुद्ध परेको भन्दै सो निषेधाज्ञा मुद्दा दायर भएको हो ।
उक्त कारण सर्बसाधारणको निर्विवादरुपमा हिडडुल गर्न पाउने अधिकार हनन् भएको भन्दै सोको विरुद्ध नेपाल बार एशोसिएसन उदयपुर इकाई, मानवअधिकार तथा जनसरोकार समितिका संयोजक अधिवक्ता श्यामानन्द चौधरीले अदालतमा निषेधाज्ञा मुद्दा दायर गरेको हो । यस्ता कार्यले दुर्घटनाको उच्च जोखिम बढाउनुका साथै धनजनसमेतको क्षती हुने गरेको र भविष्यमा पनि हुनसक्ने भन्दै अधिवक्ता चौधरीले बैसाख १३ गते जिल्ला प्रशासन उदयपुर, त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुर उपर अन्तरिम आदेशसहितको माग गर्दै निशेधाज्ञा मुद्दा दायर गरेको हो । मुद्दामा बैसाख १५ गतेको पेशी तारिकमा जिल्ला न्ययधिस राजकुमार कोइरालाको इजालसमा सुनुवाई हुदा विपक्षीहरुलाई निषेधाज्ञा आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ । साथै अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न बैसाख २१ गते झिकाइएको छ । निवेदकको तर्फबाट नेपाल बार एशोसिएसनका १३ जना कानून ब्यवसायीहरुले वहस गरेका थिए । बजारक्षेत्रका विभिन्न मूख्य तथा सहायक सडकहरुमा निर्माण सामग्री थुपारेर र टेन्ट खडा गरेर र स्टेज निर्माण गरेर आवागमनमा बाधा अवरोध पु¥याउनेगरि राख्दै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *