द्धन्द्ध पीडित महिला सञ्जाल उदयपुरद्वारा लेखापरीक्षण सम्पन्न

रन्जना मगर
उदयपुर । द्धन्द्ध पीडित महिला सञ्जाल उदयपुरद्वारा न्यायमा पहुँच सम्बन्धी सवलीकरण तथा सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ ।

सञ्जालले मनोविमर्श सेवामार्फत समाजमा शान्ति स्थापनाको भुमिका गर्दै आएको कार्यक्रममा उपस्थितले बताए ।

उक्त कार्यक्रम सोमबार गाईघाटको मकालु होटलमा द्धन्द्ध पीडित महिला राष्ट्रिय सञ्जाल उदयपरको आयोजना र नागरिक आवाज साझेदारमा कार्यक्रमको आयोजना गरेको थियो ।

संस्थाले सेवा, सुविधाबाट बन्चित, हिंसामा परेकालाई सहयोग गर्दै पीडितलाई आफ्नो न्याय आफै खोज्न सक्ने र सुविधाको लेखाजोखा गर्न सक्ने बनाउदै गएको छ । थोरै बजेटमा धेरै गतिविधि गरेको संस्थालाई अव स्थानीय तहहरुले सघाउनु पर्ने सरोकारवालाहरुले बताए ।

Facebook Comments