उदयपुर कांग्रेसको प्रचार विभागले पूर्णता पायो

उदयपुर, १६ बैशाख ।  नेपाली कांग्रेस उदयपुरले प्रचार विभागलाई पूर्णता दिएको छ, कांग्रेसको बैशाख ५ गते सम्पन्न जिल्ला कमिटि बैठकले प्रचार समिति संयोजकमा जिल्ला कमिटि सदस्य मदनराज कटुवाललाई चयन गरेको थियो । संयोजक कटुवालले प्रचार विभागलाई २५ सदस्यीय समितिको रुपमा पूर्णता दिएको बताए । विभागको सह संयोजकमा प्रेस युनियन उदयपुरका अध्यक्ष गोपाल प्रसाद पोख्रेल रहेका छन्, सदस्यहरुमा प्रेस युनियन केन्द्रिय सदस्य नविन राई, प्रेस युनियन पूर्व केन्द्रिय सदस्य भक्तिविलास पोख्रेल, प्रेस युनियन केन्द्रिय पार्षदहरु श्याम राई, केदार कटुवाल, डिल्लीराम खतिवडा, प्रेस युनियन जिल्ला बरिष्ठ उपाध्यक्ष पर्शुराम थापा, सचिव विश्वराज तामाङ रहेका छन्, । त्यसैगरी सदस्यहरुमा सहदेव खड्का, मोहनसिंह ठकुरी, टेक बहादुर दाहाल, चेत बहादुर मगर, पदम खड्का, कुलदिप खत्री, सुमन चौधरी, भुवन श्रेष्ठ, कमला सुवेदी, शुसिल विक्रम थापा, गौरीनारायण चौधरी, रोशन कार्की, महेश खड्का, प्रताप राई र अस्मित पौडेल रहेको संयोजक टुवालले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *