सुकुम्बासी मुद्धालाई निर्वाचनमा भोट बटुल्ने औजार बनाउन हुदैनः राजेन्द्र लिङ्देन

उदयपुुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुकुम्बासी समस्या समाधानका मुद्धालाई चुनावमा भोट बटुल्ने औजार बनाउन नहुने बताएका छन् । उनले जिल्लाको चौदण्डिगढी नगरपालिका स्थित बेल्टारमा आयोजित जनसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो दलका उमेदवारलाई विजयी गराउन उदयपुरे जनतलाई आग्रह गर्दै यस्तो बताएका हुन् । आफुहरु देशमा ठुलो परिवर्तन गर्ने सोचका साथ अघि बढिरहेको भन्दै देशमा ठुला दलहरुले फोहोरोरी राजनीति गरिरहेको भन्दै अध्यक्ष लिङ्देनले असन्तुष्टि समेत व्यक्त गरेको थिए ।

अध्यक्ष लिङ्देनले विवाहित जोडीले आफ्नो श्रीमन् श्रीमति राम्रोसँग चिन्जान हुन नपाउदै पासपोर्ट बोकेर बिदेश जानु पर्ने अवस्था दुःखद अवस्था देशमा रहेको बताए । यस्तो अवस्थाको अन्त्य गर्न आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न सबैलाई अपिल समेत गरेका छन् ।

अध्यक्ष लिङ्देनले ठुला राजनैतिक दल पटक–पटक फुट्नु, सत्ता लिप्त हुनु र बैदेशिक ऋणको दलदलमा फस्नुले कुनै पनि बेला देश दुर्घटना जानसक्ने जिकिर गर्दै अब त्यसलाई बचाउन आफ्नो पार्टीको बिकल्प नरहेको बताए ।

उनले आफ्नै जीवनकालमा देश बनोस् भन्ने सोच भएकाहरुले अब बिकल्प खोज्नु पर्नेसमेत बताए । कार्यक्रममा पार्टीका पूर्व अध्यक्ष पशुपति शंशेर जबरा, बरिष्ठ केन्द्रीय सदस्य हरिबहादुर बस्नेत लगायतका नेताहरुको उपस्थिति रहको थियो ।

Facebook Comments