मन्त्रीको दबाबमा बलत्कार आरोपित शिक्षक पक्राउ गर्न असहज

उदयपुर । नाबालिका बलात्कार घटनामा उदयपुर प्रहरी मौन देखिको छ । जिल्लाको लिम्चुङबुङ गाउँपालिकास्थित महेन्द्र माध्यमिक विद्यालय बाराहाका शिक्षक अमित यादवले आफ्नो बिद्यार्थीसमेत रहेको नाबालिकामाथी बलात्कार गरेको घटनामा यस्तो देखिएको हो ।

घटना गत असार २७ गते भएको पीडितले बताएका छन् । घटनाबारे थाहा पाए लगत्तै आफन्तहरुले प्रहरीमा उजुरी दिएपनि पक्राउ गर्ने बिषयमा आलटाल गर्दै आएको पीडित पक्षको आरोप छ । उनिहरुका अनुसार प्रहरीमा भदौ ६ गते उजुरी दिईएको थियो ।

उजुरी पीडितको दिदिले आफ्नो बहिनीमाथी जबरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । आरोपित शिक्षक यादवलाई हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । स्थानीयहरुका अनुसार उजुरी दिएको लामो समय बितिसक्दा पनि प्ररही घटनास्थलमा पुग्न सकेको छैन ।

त्यसको कारण घटनाको सबै प्रमाण नष्ट हुने भएकोले यथाशीघ्र घटनास्थल सुरक्षित गर्न र आरोपित शिक्षक पक्राउ गर्न स्थानीयहरुले माग गरेका छन् । आरोपित शिक्षक मधेस प्रदेशका आन्तरिक मामिला तथा सन्चारमन्त्री भरत शाहको आफन्त हुन् । अहिले उनै मन्त्रीको दबाबमा प्रहरीलाई आरोपित शिक्षक पक्राउ गर्न असहज भएको प्रहरी स्रोतले जनाएको छ ।

Facebook Comments