उदयपुरको कटारीमा गोली चल्दा एक मृत्यु एक घाईते

कटारी । उदयपुरको कटारी नगरपालिका १० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले भलाएको गोलीबाट एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पुष्टि गरेका छन् । तर गोलीबाट मानवीय क्षतिबारे केही बोलेका छैनन् ।

प्रहरीको गोलीबाट बर्ष १८ को वीरबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको छ भने बर्ष १३ को मोहन श्रेष्ठ घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रजिअ यादवले बताए ।

Facebook Comments