साउनेमा ससुरा र ज्वाईको कडा प्रतिस्पर्धा

त्रियुगा । आसन्न स्थानीय निर्वाचनमा ससुरा ज्वाईको प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धा उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा हुने भएको हो । प्रतिस्पर्धा गर्नेमा स्थानीय मेघजित राई र हिमराज मगर रहेका छन् । नाताले राई ससुरा हुन्भने मगर ज्वाई हुन् ।

उनिहरु मध्य राई नेकपा एमालेबाट वडाअध्यक्षका उम्मेदवार बनेका छन्भने मगर गठबन्धनबाट वडाअध्यक्षको उम्मेदवार बनेका छन् । मगर माओवादी केन्द्रबाट निर्वाचित निर्वातमान वडासदस्य समेत हुन् ।

उनहरुले नाराजुलुस सहित शक्तिप्रर्दशन गर्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए । राई स्थानीयस्तरमा ईमान्दर नेताको छबि बनाएका छन्भने मगर स्थानीय जनता र युवाहरुबीच लोकप्रीय छन् । उनिहरुको नेपाली कांग्रेसको गिता थापा मगरसँग प्रतिस्पर्धा हुने छ ।

त्यसैगरि राई नेतृत्वमा दलित महिला सदस्य तारा बि.क., महिला सदस्य शुक्रमाया राई तामाङ, खुल्ला सदस्य मिनबहादुर मगर र डुकबहादुर मगर रहेका छन् । यसैगरि मगर नेतृत्वमा दलित महिला सदस्य केसरी माया नेपाली, महिला सदस्य रेखा थापा मगर, खुल्ला सदस्य नारायण बहादुर राई ‘नारद’ र एक बहादुर कटुवाल ‘उद्धब’ रहेका छन् ।

भिडियोः

Facebook Comments