




गाईघाट । आसन्न स्थानीय निर्वाचनको लागि गठबन्धनको तर्फबाट त्रियुगा नगरपालिका ११ गाईघाटमा कालिदास राई ‘किसन’को नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । उनले सोमबार मनोनयन दर्ताका लागि नाराजुलुस सहित शक्तिप्रर्दशन गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा उम्मेदवारी दर्ता गराएका हुन् ।
राई स्थानीय जनता र उनि आवद्ध पार्टी एकिकृत समाजवादी (एस)मा लोकप्रीय युवा नेताको रुपमा लिईदै आएको छ । उनको नेतृत्वमा दलित महिला सदस्य सकुन्तला बि.क., महिला सदस्य देविमाया कटुवाल, खुल्ला सदस्य जितबहादुर कार्की र बलबहादुर बि.क. रहेका छन् । एकिकृत समाजवादी (एस)को सचिवालय सदस्य रमेत रहेको राई अहिले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।
अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका राईको नेपाली कांग्रेसका सुमन्त कोईराला, नेकपा एमालेका दिलबहादुर तामाङ र जनता समाजवादी पार्टी (जसपा)का निलहरि शर्मासँग प्रतिस्पर्धा हुने छ । राई गाईघाटबासी र स्थानीय युवाहरुबीच लोकप्रीय छन् ।
भिडियोः