त्रियुगा । आसन्न स्थानीय निर्वाचनको लागि गठबन्धनको तर्फबाट त्रियुगा नगरपालिका १० बोक्सेमा ज्ञानेन्द्र मगरको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । उनले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
स्थानीय जनता र युवाहरुबीच लोकप्रीय मगर माओवादी केन्द्र निकट वाईसीएल जिल्ला संयोजकको जिम्मेवारी सम्हा्रल्दै आएका छन् । उनको नेतृत्वमा दलित महिला सदस्य शारदा बि.क., महिला सदस्य देविका राई, खुल्ला सदस्य नविन राई र यादब पोखरेल रहेका छन् । पोखरेल एकिकृत समाजवादी (एस)को तर्फबाट उम्मेदवार बनेका हुन् ।
अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका मगरको नेपाली कांग्रेसका प्रकाश कुमार खड्का, नेकपा एमालेका किरण पाण्डे र राप्रपाका शेर्जङ बस्नेतसँग प्रतिस्पर्धा हुने छ । मगर स्थानीय जनता र युवाहरुबीच लोकप्रीय छन् ।
भिडियोः
Facebook Comments