उदयपुर । उदयपुरमा एक मोडल तथा युट्युबरले राहत सामाग्री बितरण गरेका छन् । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १० बोक्से निवासी रेखा राई हुन् । उनले आफ्नो छिमेकीलाई राहत स्वरुप खाद्यान्न लगायतका सामाग्रीहरु बितरण गरेका छन् ।
बिभिन्न म्यूजिक भिडियो खेल्ने र आफ्नै अफिसियल युट्युब च्यानल सञ्चालन गर्दै आएका राईले आफ्नो दश घरका छिमेकीलाई राहत वितरण गरेका हुन् । उनले सोमबार एक कार्यक्रमबिच अपांग तथा निम्नवर्गका छिमेकीलाई राहत सामाग्री बितरण गरेका थिए ।
जसमा २५ केजी चामल, १ पोका नुन, १ पोका तेल, १ केजी दाल र तरकारीको लागि एक प्याकेट सैबिन बितरण गरिएको थियो । त्यसैगरि राहत बितरणको क्रममा छिमेकी १६ जना बिद्यार्थीलाई शैक्षिक सामाग्रीहरु बितरण गरेका छन् ।
जसमा प्रत्यक बिद्यार्थीलाई एक दर्जन कापी र एक दर्जन कलम बितरण गरिएको थियो । यसैगरि स्थानीय युवा फुटबल युवा खेलाडीहरुलाई समेत खेल सामाग्री बितरण गरिएको थियो । खेल सामाग्रीमा एक थान फुटबल रहेको छ । उनले आफ्नो कमाईको एक अंशबाट राहत सामाग्रीहरु बितरण गरिएको बताएका छन् ।
राहत सामाग्री बितरण कार्यक्रमा त्रियुगा नगरपालिका १० का वडाअध्यक्ष प्रकाश कुमार खड्का, नेकपा एमालेका युवा नेता राजकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका युवा नबिन राई र पत्रकार गजेन्द्र राईको उपस्थिति रहेको थियो । त्यसैगरि कार्यक्रममा गायक आशोक सिबा, फिरोज बस्नेत, मोडल तथा गायिका अप्सरा घिमिरे, उल्टो मोटरसाईकल यात्री तथा समाजसेवी चित्रकुमार कार्की लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।