नेपाली कंग्रेसले पार्टीको घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौ, १२ बैशाख ।   सत्तारुढ प्रमुख दल नेपाली कंग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्दैछ । रोजगारी अभिबृद्धि, कृषिको आधुनिकीकरण, शिक्षा , स्वास्थ्य जस्ता विषयलाई समावेश गरेर घोषणापत्र ल्याउन लागिएको केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा घोषणापत्र सार्वजनिक गरिने कंग्रेसले जनाएको छ । त्यसअघि कंग्रेस शिर्ष नेताहरुको बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले बसीरहेको छ । पार्टीका विगतका कामलाई संस्थागत गर्दै अघि बढ्ने घोषणापत्र समिति सदस्य शर्माले जानकारी दिनुभयो । स्थानीय निकाय कसरी समुन्नत बनाउन सकिन्छ भन्ने विषयमा पनि घोषणापत्र केन्द्रीत हुने उहाँको भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *