उदयपुर एमाले अधिबेशनका लागि बस्नेत प्यानलको नाम सार्वजनिक, त्रिपक्षीय भिडन्त हुने सम्भावना

उदयपुर । नेकपा एमाले उदयपुरको आसन्न अधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । पुस २३ देखि २५ सम्म हुने जिल्ला अधिवेशनमा सो प्रतिस्पर्धा हुने देखिएको हो । जसको लागि जिल्ला सदस्य कुशलबाबु बस्नेत नेतृत्वमा एउटा प्यानल निर्माण भएको छ ।

जसअनुसार बस्नेत नेतृत्वको प्यानलमा सिर्जना दनुवार, खड्ग परियार, दुर्गानन्द चौधरी, भरत थापा, राजेन्द्र राई, नारद निरौला, बिष्णु मुरी, जिवनाथ दाहाल, खगेन्द्र राष्कोटी र तामेन्द्र राईको नाम रहेको छ ।

त्यसैगरि सो प्यानलमा किशोर ताम्राकार, डिल्लि मगर, सन्तोष बस्नेत, बिक्रम गिरी, शिव रेग्मी, राजेन्द्र कटुवाल, मणिका दुलाल, सुमन चौधरी, प्रकाश राउत, खेत बहादुर आले, चक्र तामाङ, सानु राउत, बोद बहादुर थापा, कुमारी ज्यु ठकुरी र बिरु कायस्थको नाम पनि अटेको छ ।

यसैगरि उक्त प्यानलमा भुवन गिरी, मुकेश थापा, योगेन्द्र खड्का, यादव राई, डिकबहादुर राउत, भवानी थापा, सिता पौडेल, नन्दिलाल चौधरी, राजकुमारी चौधरी, ईश्वर खड्का, नारायण खड्का, केशव कार्की, महेश रेग्मी, राम ओझा, सुरेन्द्र राई र कर्ण बहादुर थापाको नामसमेत रहेको छ । तर, प्यानलमा आवद्ध सदस्यहरुको जिम्मेवारी भने बाँडफाँड हुन बाँकी रहेको बुझिएको छ ।

यता त्यस प्यानललाई टक्करदिन जिल्ला सचिव परमेश्वर घिमिरे र जिल्ला सदस्य कालु लामाको पनि आन्तरिक तयारी भईरहेको बुझिएको छ । घिमिरे प्यानलको सचिव पदमा शम्भु पौडेल र लामा प्यानलको सचिवमा टेकबहादुर राउतको तयारी भईरहेको छ ।

यता बर्तमान अध्यक्ष ईश्वरमणी राउत, बेलाका नगर प्रमुख (मेयर) दुर्गाकुमार थापा र गोपाल खत्री भने सर्वसहमतको नाममा अध्यक्ष हुने दाउमा रहेको बुझिएको छ । तर, अध्यक्ष राउतले भने जति आकंक्षी नेताहरु छन् सबैलाई मिलाएर सर्वसहमतिमा जिल्ला कमिटी गठन हुने दाबी गर्दै आएका छन् ।

Facebook Comments