उदयपुरमा भव्य जितिया महोत्सव सम्पन्न (फोटो फिचर सहित)

त्रियुगा । उदयपुरमा थारू समुदायले भव्य रुपमा जितिया पर्व मनाएका छन् । उनिहरुले आफ्नो भाषा प्रवद्र्धन गर्ने उद्देश्यका साथ एक महोत्वसको आयोजना गरी भव्य रुपमा मनाएका हुन् ।

सदरमुकाम गाईघाट स्थित थारुहट रंगशालामा बुधवार महोत्सवको आयोजना गरिएको थियो । बिषेशगरि थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिनुपर्छ भन्ने सांकेतिक दवाव स्वरुप सो महोत्सव गरिएको आयोजकले जनाएका छन् ।

“आपन संस्कृति आपन पहिचान, थारुके भेष भुषा थारुहटके शान” भन्ने नाराका साथ मलिथम थारु सेवा समाज उदयपुर र नेपाल थारु पत्रकार संघ, उदयपुरको समन्वय र जितिया महोत्सव मुल आयोजक कमिटि र थारु कल्याणकारिणीसभा त्रियुगा नगर कमिटिको आयोजनामा उक्त सम्पन्न भएको थियो ।

महोत्सवमा त्रियुगा नगरपालिका उदयपुरका मेयर बलदेब चौधरी, उपमेहर देबी चौधरी र अन्य थारु जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थारु पत्रकार महासंघ उदयपुरका अध्यक्ष सुखिलाल चौधरीले बताए ।

अध्यक्ष चौधरीका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो विशेष सस्कृति झल्किने प्रस्तुती दिएका थिए । कार्यक्रममा थारु समुदाय भित्रको चर्चित गायिका अनु चौधरीको समेत प्रस्तुति रहेको थियो ।

फोटोहरुः

Facebook Comments