कांग्रेस सभापति राईको अबैध काठको सामानहरु बरामद

सुकौरा । उदयपुरमा अबैधानिक सालको काठबाट निर्माण गरिएको सामानहरु प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको त्रियुगा नगरपालिका १६ जालपाचिलाउने स्थित सुकौराबाट पक्राउ गरेको हो ।

पक्राउ परेको काठको सामानहरु नेपाली कांग्रेस त्रियुगा नगरपालिका १६ का वडासभापति लोकबहादुर राईको रहेको खाँबु सब डिभिजन बन कार्यालय उदयपुरका बन अधिकृत दिलिप कुमार चौधरीले बताए । अधिकृत चौधरीका अनुसार काठ सुकौरा प्रहरी चौकीको गस्ति टोलिले पक्राउ गरेको हो ।

पक्राउ परेको काठ बाँसले छोपेर ट्याकटरबाट लाने क्रममा पक्राउ परेको थियो । पक्राउ परेको काठको सामानहरुमा पाँच थान ढोकाको चौकस र छ थान झ्यालको चौकस रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्ररही नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए ।

डिएसपी गौतमका अनुसार अहिले पक्राउ परेको बाँस र काठको सामानहरु छलफलको लागि डिभिजन बन कार्यालय उदयपुर गाईघाटमा झिकाईएको छ । पक्राउ परेको सामानहरु त्रियुगा नगरपालिका ५ देउरी स्थित बालुटार लाने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।

Facebook Comments