अमेरिकाको नक्कली कागजपत्र देखाएर बिबाह गर्ने युवा पक्राउ

उदयपुर । अमेरिकाको प्रलोभन देखाउदै जातसमेत ढाटेर अन्तरजातीय बिबाह गर्ने एक युवालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रौतामाई गाउँपालिका ७ मुर्कुची बस्ने बर्ष २४ को सुदिप कार्कीढोली रहेका छन् ।

उनलाई आफु दलितभित्रको कार्कीढोली भएपनि कार्की थरको बनाउने र तत्कालै अमेरिका जानलागेको भन्दै एक युवतीलाई ललाईफकाई बिबाह गरेको आरोप छ । कार्कीढोलीले स्टाफनर्स पढ्दै गरेकी एक युवतीलाई केहि समयअघि ललाईफकाई बिबाह गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्ररही नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए ।

डिएसपी गौतमका अनुसार केटी र केटीका आफन्तहरुले केटो कार्की नभएर दलितभित्रको कार्कीढोली भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएका थिए । कार्कीढोलीले अमेरिकाको भिजासमेत नक्कली बनाएर केटीलाई देखाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

अहिले केटीलाई अभिभावकलाई जिम्मा दिईएको छ । आरोपित कार्कीढोलीलाई भने सोमबार अभद्र ऐन अन्तरगतको मुद्दा चलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments