उदयपुरमा बैशाख १८ देखि ब्युटी पार्लर र सैलुन बन्द हुने

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले बैशाख १८ गतेदेखि ब्युटी पार्लर र सैलुनहरु बन्द गर्ने निर्णय गरेका छन् । कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै ब्युटी पार्लर र सैलुनबाट प्रदान गरिने सेवाहरु बन्द गर्ने जानकारी गराएका थिए ।

बिशेषगरि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सो सेवाहरु बन्द गर्न लागिएको हो । उक्त सेवामा अन्यन्त निकट भौतिक सम्पर्क हुने र त्यसबाट कोरोना संक्रमण फैलन सक्ने भएकोले अर्को सुचना नभएसम्म बन्द गर्न लागिएको सुचनामा उल्लेख गरिएको छ ।

सुचनामा सर्वसाधारणहरुलाई समेत उक्त सेवा हाललाई प्रयोग नगर्न अनुरोध गरेका छन् । जारी गरिएको सुचनामा साहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलको हस्ताक्षेर रहेको छ ।

Facebook Comments