उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

जलजले । उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उदयपुर सिमेन्ट उद्योगमा रहेको मजदुरहरु आबद्ध अखिल नेपाल टे«ड महासंघ उदयपुर र अखिल नेपाल औद्योगिक मजदुर संघ ईकाटी कमिटी उदयपुरको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

१३२ औं मे दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार सात महिला र ५३ पुरुषले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम उदयपुर सिमेन्ट उद्योगको युनियन हलमा भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मोहन खत्री (दिपक), नेकपा माओवादीका युवा नेता तथा एन्फा प्रवक्ता किरण राई, जिल्ला कमिटि सदस्य पदम दाहाल, साबित्रा कार्की लगायत नेताहरुको बाकुलो उपस्थिति रहेको थियो ।

Facebook Comments