त्रियुगा १६ जातेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन (फोटो फिचर सहित)

जाँते । उदयपुरको त्रियुगा नगरपालिका १६ स्थित जाँतेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । स्थानीयहरुले आफ्नै ठाउँमा सहज रुपले सेवा पाउन् भन्ने उदेश्यले सेवा केन्द्रलाई सञ्चालनमा ल्याइएको हो ।

केन्द्रको बुधबार एक कार्यक्रम बिच उद्घाटन गरिएको त्रियुगा नगरपालिका १६ का वडाअध्यक्ष मानबहादुुर राईले बताए । वडाअध्यक्ष राईका अनुसार सेवा केन्द्रको उद्घाटन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई (हिमाल) र त्रियुगा नगरप्रमुख बलदेव चौधरीले संयुक्त रुपमा गरेका थिए ।

स्वास्थ्य सेवा सुरु गरेको पहिलो दिन ५४ जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएको केन्द्रका इन्चार्ज स्वास्थ्य सहायक (एचए) जितेन्द्रकुमार महतोले बताए । उनका अनुसार बिभिन्न उमेर समूहका ३८ पुरुष र बाँकी महिलाले स्वास्थ्य जाँच गराएका छन् ।

उनले आगामी दिनमा विहान १० देखि बेलुका ५ वजेसम्म स्वास्थ्य सेवा प्रदान गर्नेगरी स्वास्थ्यकर्मी खट्ने बताएका छन् । वडा नम्बर १६ रौतामाई गाउँपालिका ७ मुर्कुचीनजिक सुकौरादेखि त्रियुगा १४ साउने र १५ को खाँबुसँग सीमा जोडिएको सबभन्दा ठूलो भौगोलिक क्षेत्रफल भएको वडा हो ।

भूगोल ठूलो भएकाले वडा केन्द्र रहेको जाल्पाचिलाउनेस्थित स्वास्थ्य चौकीबाट सबै वडाबासीले स्वास्थ्य सेवा दिन असहज भएकाले जाँतेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष राईले बताए ।

केन्द्रमा स्थानीयलाई सबैखाले प्राथमिक स्वास्थ्य सेवा दिनका लागि एचए महतो र स्टाफ नर्स सुनिता राईलाई खटाइएको छ । सो सेवा केन्द्रबाट जाँते, सिद्रे, आम्बोटे, डिगटार, सालथुम्की, बगरटोल, सिम्ले र छिमेकी १४ र १५ नं. वडाका केही गाउँबस्तीका ४ सय घरधुरी हाराहारी स्थानीयले गाउँमै स्वास्थ्य सेवा पाउनेछन् ।

फोटो फिचरः

Facebook Comments