



उदयपुर । जिल्ला कमिटीमा अल्पमत परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमुह उदयपुरको त्रियुगा नगरकमिटीमा समेत अल्पमतमा परेका छन् । जिल्लाको सदरमुकाम गाईघाट स्थित टाउनहलमा बिहिबार बसेको नगरकमिटीको दोस्रो पूर्ण बैठकमा सो समुह अल्पमतमा परेका हुन् ।
उक्त बैठकमा प्रचण्ड–नेपाल समुहमा आबद्ध सदस्यहरुको दुई तिहाई भन्दाबढीको उपस्थिति रहेको थियो । त्रियुगा नगरकमिटी ९५ सदस्य रहेको नगरपार्टी अध्यक्ष प्रकाश बस्नेतले बताए । अध्यक्ष बस्नेतका अनुसार बैठकमा ६६ जना सदस्यहरुको उपस्थिति रहेको थियो । जसमा उपस्थित सदस्यहरु प्रचण्ड–नेपाल समुहका थिए ।
मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः
बैठकमा अनुपस्थित अन्य सदस्यहरुमध्ये ७ जनाले समय अभाव र भौगोलिक कठिनाईको कारण उपस्थित हुन नसकेको जानकारी गराएको नगरकमिटी सचिब गीता खड्का ‘अजिता’ले बताए । सचिब अजिताका अनुसार जानकारी गराउने सदस्यहरु पनि प्रचण्ड–नेपाल समुहका हुन् ।
प्रचण्ड–नेपाल समुह जिल्लामा पनि दुई तिहाई बढी देखिएको छ । बुधबार बसेको चौथो पूर्ण बैंठकमा उनिहरु दुई तिहाई बढी देखिएको हो । जसमा १ सय १३ जना जिल्ला कमिटी सदस्यको उपस्थित रहेको थियो ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आबद्ध १ सय ६२ मध्ये २ जना कारबाहीमा परेका थिए भने एक जनाको मृत्यु भैसकेको छ । त्यसैगरि दुई जना प्रदेश कमिटि सदस्य भएकोले एक सय ५७ जना जिल्ला कमिटी सदस्यमा १ सय १३ जना उपस्थित भएको थियो ।