वयल गाडे कान्छो (कविता)

  • राममणि पोखरेल

    दौरा शुरुवाल शरीरमा टोपिको
    बीर्को लगाएर हँसिलो अनुहार पार्दै
    बिगतमा
    कुनै दिन बयल गाडे कान्छोले
    मिठो बोली र लयमा
    हातको चोर औला देखाउँदै
    आफ्ना अनुयायीले सजाएको
    रंगीन मञ्चमा उभिएर
    ठट्टा मजाक गर्दै भनेको थियो
    उरेण्ठउला र काचा
    अबुझ मान्छेहरु
    हतारिएर होस् म पु¥याई भन्ने गर्नछन्
    आत्म सन्तुष्टिका लागि
    लोकतन्त्र÷लोकतन्त्र÷लोकतन्त्र
    श्रद्धाका सगरमाथा हिमाल जस्तै
    प्यारा राज्य प्रमुखको विरुद्ध
    मन परी बोल्नु भन्दा
    उनैसँग मिलेर जानु उचित हुनेछ
    भनेर ठूलो स्वरले कुनै दिन
    मञ्चमा , सडकमा र भेटघाटमा
    कराउँदै गर्ने
    बयल गाडे कान्छा
    हिजो तिनै निर्दोष व्यक्तिहरुले
    सडकमा, जंगलमा, चौतारीमा
    बगाएको रगतबाट प्राप्त
    यो सुन्दर समाजको स्थापनामा
    आफ्ना अमुल्य जीवन सुम्पेका थिए
    तर, आज ती महान शहिद र
    त्यागका व्यक्तित्वलाई
    उपहाँस गर्दै, पदमा बसेर रोगी शरीर लिएर उफ्रदै छन् ।

    उ एक्लै उभिन, खोज्दैछ
    एकलकाटे प्रवृति प्रदर्शित गर्दैै
    थरी थरीका वहाना बाजीमा
    बिरोधीलाई उत्तेजित गर्दैछ
    उ आफ्नो पद लिएर घाटसम्म
    चिसो आकाश मुनि उभिदै
    आर्यघाट पुग्न चाहन्छ ।

    आफ्ना कुकर्म चोखो पार्न
    अनेक थरीका चुटकिला भन्दै
    विपक्षी र आफ्नै पंक्तिलाई
    तर्साउन कम्मर कसेर लागेको छ
    वयल गाडे कान्छो
    म तिमीलाई प्रश्न गर्दछु
    तिमीले मात्र होइन
    तिम्रा समकालिनले पनि
    धेरै घाटका पानी पिएका छन्
    संघर्षको उर्लदो भेलमा
    होमिएर नयाँ दिशा निर्धारण गर्दैछन्
    संघर्षका ज्वाला पिएका छन्
    अग्र्रगामी फड्को पारेका छन्
    तिमी पुन वयल गाडा चलाउन
    प्रयत्न नगर, धिक्कार छ ।
    तिमीलाई

    लेखक पोखरेल नेकपा केन्दीय सल्लाकार समिति सदस्य हुन् ।

Facebook Comments