त्रियुगा १४ साउनेद्धारा स्थानीयलाई न्यानो कपडा बितरण

साउने । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेले स्थानीयहरुलाई न्यानो कपडा बितरण गरेका छन् । आफ्नो वडामा रहेको जेष्ठ नागरिक, अपाङ्ग र एकल महिला लगायत बिपन्न बर्गका स्थानीयहरुलाई सम्मान गर्ने उद्देश्यले सो न्यानो कपडा बितरण गरेका हुन् ।

बितरण गरिएको न्यानो कपडामा खोल सहितको सिरक, तन्ना, म्याट लगायतको सामाग्री रहेको वडाअध्यक्ष कुरुङ राईले बताए । वडाअध्यक्ष राईका अनुसार आर्थिक बर्ष ७७÷७८ को बार्षिक कार्यक्रम अन्तरगत जाडो मौसमलाई मध्येनजर गरेर छुट्याईएको करिब चार लाख पचास हजार रुपैया बराबरको सामाग्रीहरु बितरण गरिएको थियो ।

सामाग्री वडामा रहेको जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलागरी एक सय १० जनालाई बितरण गरिएको वडासचिब रितकुमार राउतले बताए । वडासचिब राउतका अनुसार उनिहरुलाई सुत्ने क्रममा प्रयोग हुने एकएक थान जाडोको न्यानो कपडा बितरण गरिएको थियो ।

Facebook Comments