सुखायु आयुर्बेदद्धारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

उदयपुर । सुखायु आयुर्बेद अस्पताल गाईघाटको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिबिर तथा रक्तदान सम्पन्न गरेको छ । अस्पतालले आफ्नो पहिलो बार्षिक उत्सबको अवसरमा निःशुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

रेडक्रस सोसाईटी उदयपुरको प्राबिधिक सहयोगमा भएको शिबिरमा ७६ जना बिरामीले उपचार पाएका छन् भने ३० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार शिबिरमा बिभिन्न रोगको ७६ जना बिरामीले निःशुल्क सेवा लिएका थिए ।

जसमा पायल र छाला सम्बन्धिको बिरामीहरु रहेका थिए । त्यसैगरि ३० जना युवायुबतीहररुले रक्तदान गरेका थिए । जसमा २६ जना पुरुष र चार जना महिला रहेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, नेकपा युवा नेता किरण राई, नेपाली कांग्रेस त्रियुगा नगर सभापति बसन्त बस्नेत, जनता समाजबादी पार्टी उदयपुरका नेता सिद्धान्त राई, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments