उदयपुर, २९ चैत्र । पौडि खेल्ने क्रममा डुबेर उदयपुरमा एक युवाको मंगलवार दिउँसो ज्यान गएको छ ।
ज्यान जानेमा जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजार स्थित संगमटोलका १९ बर्षिय सुमन भट्टराई रहेको छ । साथीहरुसंग पौडि खेल्न गएका भट्टराईको स्थानीय चप्पन खोलाको दहमा डुबेर ज्यान गएको हो । बेहोर अवस्थामा रहेको भट्टराईलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा उनको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार मृत्यक भट्टराईको शब पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईएको छ ।
Facebook Comments