उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शक्तिशाली बम विस्फोट

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा गएराति शक्तिशाली बम विस्फोट भएको छ । गाउँपालिकाको वडा नम्बर ५ रुपाटारमा रहेको पालिकाको कार्यालयमा सो बम विस्फोट भएको हो ।

बम गाउँपालिकामा रहेको नागरिक सहायक कक्षमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए । एसपी दाहालका अनुसार कार्यालयमा एउटा बेवारिसे बम समेत फेला परेको छ ।

नागरिक सहायता कक्षमा विस्फोट भएको बमले गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतको कार्यकक्षमा क्षति पुगेको छ । बम विस्फोटको कारण कार्यकक्षको झ्यालढोका, कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टर, टेबल कुर्सी, दराज, सोफा लगायतका सामानहरुमा पुर्ण रुपले क्षति पुगेको छ ।

त्यसैगरि गाउँपालिकाको गेटमा रहेको बेवारिसे बम विस्फोट गर्नको लागि १८ नम्बर बाहिनी भुल्केबाट बम डिस्पोजल टोलि घटना स्थत लागेका छन् । बम विस्फोटको जिम्मा कसैले नलिएको कारण अनसन्धान भईरहेका प्रहरीले जनाएको छ ।

यसबारे गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बम किन र कसले गराएको भन्ने आफु अनभिग्य रहेको जनाएको छ । उनले कुनै पार्टी र समुह कसैसँग केही नरहेको बताए ।

Facebook Comments