उदयपुरमा प्रथम बेलका च्याम्पियन लिग सुरु, एन्फा प्रबक्ता राईद्वारा उद्घाटन

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रथम बेलका च्याम्पियन लिग २०७७ सुरु भएको छ । मंगलदेखि सुरु भएको लिगको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रबक्ता किरण राइले गरेका छन् ।

लिगको उद्घाट गर्दै प्रबक्ता राईले आआफ्नो स्वास्थ्यको ख्याल गर्दै खेलकुदमा सहभागी हुनुपर्ने बताएका छन् । उनले नेपाल सरकारले कोरोना कहरसँगै बन्द गरेको खेलक्षेत्र पुनः सञ्चालनमा आएको बताए । सरकारले कोरोनाको कारण बन्द गरेको खेलक्षेत्र पछिल्लो चरण सरकारकै निर्णय अनुसार पुनः खेलकुदको कार्यक्रमहरु सञ्चालनमा आएको प्रबक्ता राई भनाई छ । उ

द्घाटन कार्यक्रममा बेलका नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरी, एन्फा १ नम्बर प्रदेशका पदाधिकारी, जिल्ला फुटबल संघ अध्यक्ष रन्जन कार्की, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतका सहभागिहरुले शुभकामना मन्तव्य राखेका थिए । स्थनीय बुद्धचौकको खेल मैदानमा हुने लिगमा १२ वटा क्लबका खेलाडीहरु सहभागि हुने आयोजकले जनाएको छ ।

Facebook Comments