उदयपुरमा देउसी–भैलो कार्यक्रम पूर्णरुपले बन्द

उदयपुर । उदयपुरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसीएमसी)को बैठकले अघिल्ला बर्षमा खेलिदै आएको देउसी र भैलो कार्यक्रम पूर्णरुपले बन्द गरेका छन् । चाडपर्वलाई लक्षित गरी आईतबार बसेको डिसिसीएमसीको बैठकको निर्णय सोमबार सार्वजानिक गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बिगतमा खेलिदै आएको देउसी र भैलो पुर्णरुपमा बन्द गरिएको बताएका हुन् ।

उनले को कहाँबाट कसरी आएको हुन्छ, देउसी र भैलोको नाममा घर घरमा संक्रमण सर्ने खतरा रहेकाले प्रतिबन्ध लगाएको बताए । ‘भाईटिका, दिपावली, छँैठ, देउसी भैलो पर्व समूहगतरुपमा मनाउन, जम्मा हुन र भिडभाड गर्न कानुनबमोजिम निषेध गरिएको छ, प्रजिअ पाण्डेले भने, ‘पालना भएको नपाइए कानुनबमोजिम कार्वाही गरिने छ ।

बैठकले चाडपर्व घर परिवार भित्र मात्र मनाउन र मठमन्दिरमा गरिने नित्य पूजा बाहेक मठमन्दिर, सार्वजनिक स्थल, नदी र तालतलैयामा समूहमा भेला नहुन, साँस्कृतिक कार्यक्रम नगर्न, फुटबल भलिबल प्रतियोगिता नगर्न, देउसी भैलो नखेल्न, पटका, भुईचम्पा, आतिसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन सर्वसाधरणलाई जानकारी गराउने निर्णय गरेको छ । भिडियोः

Facebook Comments