रण शार्दुल गण बोक्सेका ५ नेपाली सेना सहित ८ जनामा कोरोना पुष्टि

उदयपुर । नेपाली सेनाको रण शार्दुल गण बोक्सेका ५ आर्मी सहित ८ जनामा शनिबार कोरोना पुष्टि भएको छ ।

केहिदिन यता गणमा कार्यरत ५ जना सेनामा कोरोनाको लक्षण सहित ज्वरो आएपछि स्वास्थय कार्यालय उदयपुरले पिसिआर (साब) संकलन गरेको थियो ।

संक्रमित हुनेमा ३७, ३६, ३४, ३१, २४, २८,२३, ५४ वर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

संक्रमितहरु मध्ये ५ जना नेपाल आर्मी हुन, एक जना देउरी प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुई जना कटारी नगरपालिकाका सर्वसाधारण हुन् ।

भिडियोः

Facebook Comments