उदयपुर एसपीको कडा निर्देशन, चुनाव विरोधी तत्वलाई निस्तेज पार्ने

उदयपुर, २७ चैत ।  उदयपुर जिल्ला प्रहरी प्रमूख प्रहरी उपरिक्षक नरबहादुर केसीले आसन्न स्थानीय तहको निर्बाचन विरोधी तत्वलाई निस्तेज पार्दै अगाडी बढ्न कडा निर्देशन दिएका छन् । म्यादी प्रहरी छनौटपछि आईतबार भएको तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी र म्यादी प्रहरीलाई एसपी केसीले सो निर्देशन दिएको हो । उनले शान्तपूर्णरुप, भयरहित र निष्पक्षरुपले निर्वाचन सफल बनाउने प्रहरीको मूख्य लक्ष रहेको बताए । प्रहरी नायव उपरिक्षक ओम रानाले जस्तो सुकै अवस्थामा पनि आप्mनो काम र कतब्र्यप्रति कटिबद्ध हुने प्रहरीको भूमिकामा म्यादी प्रहरीबाट पाउने आशा प्रहरी संगठन र राज्यले विश्वास गरेको बताए ।myadi-talim_udhghatan-02 आसन्न स्थानीय तहको निर्बाचनका लागि देशभर ७५ हजार म्यादी प्रहरी कोटा रहेकोमा ६ सय ३८ कोटा छनौटको जिम्मेवारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले चैत २३ गते अन्तिम परिक्षाफल प्रकाशन गरी आईतबारदेखि तालिम सुरु गरेको हो । गत ११ देखि १७ गतेसम्म दरखास्त आव्हान गरेको जिप्रकाले १८ गतेदेखि उचाई, तौल, शारिरीक ब्ययम, स्वस्थ्य, दौड, सेटअफ, पुसअप र लिखित तथा मौखिक परीक्षासमेत लिएको थियो । छनौटमा परेका ६ सय ३८ जना म्यादी प्रहरीहरुलाई जिल्ला र अन्य तीन इलाका प्रहरी कार्यालय कटारी, बेल्टार, रामपुरठोक्शिलामा विभाजन गरेर तालिम दिन सुरु गरिएको छ ।
गत २५ गते जिल्लामा हाजिर भएका म्यादी प्रहरीहरुले भोलीपल्टसम्ममा तोकिएको ठाउँमा तालिमका लागि हाजिर जनाएका थिए । तोकिएको चारै ठाउँमा एकसाथ तालिम सन्चालन गरिएको जनाईएको छ ।
तालिममा अनुशासनदेखि लिएर निर्बाचनको बखत प्रहरीले निर्बाह गर्नुपर्ने भूमिका, मतदातासंग गर्नुपर्ने ब्यवहार, शान्ति सुरक्षाको जिम्मेवारीको बारेमा सिकाईने जनाईएको छ । तालिमपछि कहाँ खटाउने भन्ने बारेमा भने अहिले नै स्पष्ट निर्देशन भइनसकेको जनाईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *