नेपाल कम्युनिष्ट पार्टी र नेकपा (माओवादी) केन्द्रबीच पार्टी एकीकरण हुने

काठमाडौ, २५ चैत्र । पूर्व क्षेत्रमा प्रभावशाली नेताको रुपमा स्थापित टंक राईले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (माओवादी) केन्द्रबीच पार्टी एकीकरण हुने भएको छ । एक वर्षदेखि दुई पार्टीबीच भइरहेको एकीकरणको प्रयासले शुक्रबबार सार्थकता पाएको हो ।
दुई पार्टीबीच सैद्धान्तिक तथा वैचारिक एकरुपता भए पनि पार्टी एकीकरणपछि पाउने पदको बारेमा कुरा नमिल्दा ६ महिनादेखि एकीकरण प्रक्रियाले गति लिन सकेको थिएन । यसमा कम्युनिष्ट पार्टीको तर्फबाट राखिएको प्रस्तावमा माओवादीले समर्थन जनाएपछि पार्टी एकिकरण हुने निश्चित भएको नेकपा (माओवादी) केन्द्रका हेडक्वार्टर सदस्य गोपाल किरातीले जानकार िदिनुभएको छ ।
एकिकरणपटि टंक राई पार्टी हेडक्वार्टर सदस्य हुनुहुने भएको छ । त्यसैगरी रामहरी कार्की र अमेम्बर राई पोलिट्व्यूरो सदस्य तथा अन्य दुई दर्जन नेताहरुलाई पार्टीको तल्लो कमिटि तथा विभिन्न जनवर्गीय संगठनहरुमा स्थान दिने सहमति भएको बताईएको छ । एमाओवादीले पार्टी एकीकरणको विषय टुङ्गो लगाउन रामबहादुर थापा, अमिक शेरचन र गोपाल किराती रहेको समिति बनाएको थियो ।
स्थानीय चुनाव नजिंदै गर्दा भएको दुई पार्टीको एकीकरणले पूर्वको खोटाङ, ओखलढुङ्गा र भोजपुरमा माओवादीको स्थिति मजबुद बनाउन सहयोग पुग्ने देखिएको छ । चार दशकभन्दा बढि समयदेखि कम्युनिष्ट आन्दोलनमा रहनुभएको राई २०५४ मा नेकपा (एमाले) खोटाङबाट प्रत्यक्ष निर्वाचित संसदसमेत हनुुहुन्छ । तात्तकालीन नेकपा (माले), एमाले फेरि माले हुँदै विभिन्न टुक्रामा विभाजित भएको पार्टीको नेत्तृत्व गर्दै आउनुभएको राईको पूर्व क्षेत्रमा राम्रो प्रभाव रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *