उदयपुरमा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका ८ सेतिखोलामा शुक्रबार ट्याक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को.२.त.९१५२ नम्बरको ट्याक्टर सेतिखोलाको पुल छेउमा दुर्घटना हुँदा ट्याक्टरमा सवार वडानं ८ का ३१ बर्षीय ईन्द्रबहादुर राईको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर बुढामगरकाअनुसार ट्याक्टर तिव्रगतिमा रहेकाकारण अनियन्त्रीत भई दुर्घटना भएको हो ।

Facebook Comments