जबर्जस्ति करणी आरोपमा एक युवा पक्राउ

उदयपुर । उदयपुरमा जबर्जस्ति करणी गर्न खोजेको आरोपमा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका ८ उक्राई टोल बस्ने बर्ष २५ को प्रकाश दनुवार रहेको छ ।

उनलाई स्थानीय एक २६ बर्षिया महिलालाई जबर्जस्ति करणी गर्न खोजेको आरोपमा आईतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार उनलाई मकैबारीमा घाँस काटिरहेको अबस्थामा सो महिलालाई जबर्जस्ति करणी गर्न खोजेको आरोप छ ।

उनलाई किटानी जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय जलजलेको प्रहरी टोलीले पक्राउ गरेको थियो । किटानी जाहेरी आईतबार महिलाको अबिभाबकहरुले जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएका छन् अहिले थप अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments