लागुऔषध सहित उदयपुरमा दुई युवा पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ स्थित दमौटी जंगलबाट लागुऔषध सहित दुई युवा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ बस्ने बर्ष ३९ को सौरभ कार्की र सोही बस्ने बर्ष ३२ को प्रबिस कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयले जनाएअनुसार स १० प २१९१ नम्बरको मोटरसाईकलबाट सिरहादेखि उदयपुरतर्फ आउने क्रममा उनिहरुलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरुको साथबाट डाइलेक्स डिसी ६ बोतल फेला परेको थियो ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय जलजलेले पक्राउ गरेको हो । अहिले उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी थाप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments