फेरि थपिए ७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय ३४ पुग्यो

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

योसँगै प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ । प्रदेश कार्यालयका अनुसार पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ भने आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

Facebook Comments