उदयपुरमा २७ जना पत्रकारको स्वाब संकलन

उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले २७ जना पत्रकारहरुको स्वाब संकलन गरेको छ । बिशेषगरि कोरोना सम्बन्धि समाचार प्रकाशन प्रशारणको लागि फिल्डमा खट्ने पत्रकारहरुको स्वाब परिक्षण गरिएको हो ।

भुल्केमा कोरोना संक्रमित भेटिएपछि आफुहरुपनि जोखिममा पर्ने सम्भावना रहेको भन्दै स्वाब परिक्षणको लागि माग गरेपछि सो पत्रकारहरुको स्वाब संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताए । प्रमुख सुबेदीका अनुसार समाचार प्रकाशन प्रशारणका लागि फिल्डमा खट्ने २७ जना पत्रकारहरुको स्वाब संकलन गरिएको छ ।

पत्रकारसँगै नेपाल प्रहरीको १६ जना, मुस्लिम समुदायको ७ जना, सशस्त्र प्रहरीको ५ जना, राष्ट्रिय अनुसन्धानको ३ जना, जनस्वास्थ्य कार्यालयको १ जना र निर्वाचन आयोगको १ जनाको पनि स्वाब संकलन गरिएको थियो ।

जम्मा ६० जनाको स्वाब संकलन गरिएकोमा ८ जना महिलाहरुको गरिएको थियो । जसमा पत्रकारबाट ३ जना, नेपाल प्रहरीबाट ४ जना र निर्वाचन आयोगबाट १ जना महिलाको संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments