जागृति सामुदायिक बनद्धारा सबै उपभोक्तालाई राहत बितरण

उदयपुर । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समुहद्धारा लकडाउनबाट प्रभाबित आफ्नो उपभोक्ताहरुलाई राहत सामाग्री बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १ जोगिदह स्थित जागृति सामुदायिक बन उपभोक्ता समुह रहेको छ ।

समितिले कोरोना भाईरसको बकारण लागेको लकडाउनबाट प्रभाबित भएको भन्दै आफ्नो उपभोक्ताहरुलाई राहत बितरण गरिएको समुहका अध्यक्ष मिना कुमारी चौधरीले बताईन् । अध्यक्ष चौधरीका अनुसार ०७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण कार्यक्रम अन्तरगत उपभोक्तालाई राहत सामाग्री बितरण गरिएको हो ।

जसमा प्याकेज स्वरुप १० केजी चामल, १ केजी चना, १ पोका नुन, १ पोका तेल र २ डल्ला साबुन बितरण गरिएको थियो । जनजाति समुदाय मात्र रहेको सो बनमा आबद्ध ७० घरधुरीका उपभोक्ताहरुलाई राहात सामाग्री बितरण गरिएको सचिब जानुका चौधरीले बताईन् । सचिब राईका अनुसार उक्त बन उपभोक्ता समुहमा ७० घरधुरी मात्र आबद्ध रहेका छन् ।

राहत सामाग्री बितरण कार्यक्रमा त्रियुगा नगरपालिका प्रमुख बलदेब चौधरी, त्रियुगा नगरपालिका १ का वडाअध्यक्ष मनोज कुमार चौधरी, डिभिजन बन कार्यालय उदयपुरका निमित्त डिभिजन बन अधिकृत जागेशोर साह र सामुदायिक बन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेत लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments