उदयपुरको भुल्केमा थप १ जना कोरोना संक्रमित थपिए, अब भुल्केमा मात्र कोरोना संक्रमित संख्या ३२ पुग्यो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भूल्केकी एक महिलालाई शनिबार साँझ कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश १ सरकारले जनाएको छ । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षको रहेको विराटनगर स्थित कोशी अस्पतालले जनाएको छ । कोशी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

शनिबार बिहान मात्र भुल्केकै १८, ४५ र ६५ वर्षिय महिलामा संक्रमण देखिएको थियो । प्रमुख सुवेदीका अनुसार शनिबार संक्रमण पुष्टि भएकाहरु यसअघि संक्रमण देखिएका व्यक्तिको परिवारका सदस्य रहेको बताइएको छ । संक्रमितलाई विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।

अव भुल्केमा मात्र ३२ जना संक्रमित पुगेका छन् भने प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ । अहिलेसम्म उपचारपछि १४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएका छन् ।

Facebook Comments