उदयपुरका पत्रकारलाई पिपिई सेटसहित स्वास्थ्य सामग्री

उदयपुर । जोखिम मोलेर समाचार सम्प्रेषण गर्दै आएका उदयपुरका पत्रकारहरुलाई रोटरी क्लव अफ गंगबुले १५ सेट पिपिइ सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ उदयपुर शाखामार्फत सबै पत्रकारलाई पुग्ने गरी क्लवका अध्यक्ष महेश बस्नेत लगायतको टोलीले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

क्लवले पिपिई सेटसँगै १ हजार थान मास्क, १ सय जोर पञ्जा र ५० थान सेनिटाइजर सहयोग गरेकोहो । कोरोना भाईरस दिनदिनै बढ्दै गएको अवश्थामा पत्रकारले असुरक्षित महशुस गर्न थालेपछि सुरक्षित रहनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको क्लवका अध्यक्ष बस्नेतले बताए ।

उनले भने, ‘कोरोना भाईरस बढ्दै जाँदा त्रास उत्तिनै बढ्ने र त्यसबाट जनताले सहि र समयमा समाचार प्रकाशन गर्न नपाउने भएकाले सुरक्षित रहन सामग्री उपयोगी हुने छ । नेपालकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिएको उदयपुरको भुल्के क्षेत्रमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पिपिइ सेट तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको क्लवका अध्यक्ष बस्नेतले बताए ।

उनले भने, ‘कोरोनाको बेला खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई प्रोत्साहत भत्ता, विमा सँगै स्वास्थ्य सुरक्षामा विशेष ध्याई दिई सामग्री उपलब्ध गराएको अबश्थामा सँगै खटिने पत्रकारलाई राज्यको ध्यान नपुगेकाले क्लवबाट सानो सहयोग गरेका हौ । क्लवले पत्रकारसँगै कोरोना संक्रमित क्षेत्र त्रियुगा नगरपालिका, जिल्ला अस्पताल, नेपाल प्रहरी, जिल्ला स्तरीय मानव अधिकार अनुगमन समितिलाईसमेत पीपीइ सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेको अध्यक्ष बस्नेतले बताए ।

त्यसअघि सिरहाको भल्वाईमासमेत स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताए । एक सय १५ बर्ष पुरानो संस्था क्लवले अफ्ट्यारोमा परेका जनता, संकटको बेला सामाजिक भावनाले स्वयंमसेवककोरुपमा खटदै आएको सचिब सुदिप बस्नेतले जानकारी दिए । यसअघि कोरोना भाइरसको जोखिम मोलेर निरन्तर समाचार स्रम्पेषण गरेका उदयपुरका पत्रकारलाई बिद्यार्थीले सुरक्षासामग्री उपलब्ध गराएका थिए ।

नमुना स्कुल गाईघाटका २०६२ सालका एसएलसी व्याजी बिद्यार्थीले पत्रकारलाई सुरक्षा सामग्री, जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालय अगाडी ५० हजार मुल्य बराबरको प्रविधियुक्त ट्याङ्की सहितको सुरक्षित धारा उपलब्ध गराएका हुन् । सेवा लिन आएका सेवाग्राहीलाई अनिवार्य हात धुने व्यवस्था मिलाउन हात धुने साबुन र खुट्टाले थिच्दा पानी आउने पानी ट्याङ्की सहितको प्रविधियुक्त एक÷एक थान उपलब्ध गराएको बिद्यार्थी ज्ञानेन्द्र मगरले बताए ।

Facebook Comments